मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीको एमाले पार्टी महादेवले बोकेको सतिदेवीको लास जस्तै हो : मेटमणी चौधरी
समाचार

केपी ओलीको एमाले पार्टी महादेवले बोकेको सतिदेवीको लास जस्तै हो : मेटमणी चौधरी

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओली नेतृत्वको एमाले पार्टी स्वस्थानीमा महादेवले बोकेको सतिदेवीको लास जस्तै भएको टिप्पणी गरेका छन् ।

विज्ञापन

दशैंका अवसरमा एकिकृत समाजवादी दाङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता चौधरीले स्वस्थानीको कथामा सतिदेबीको लास कुहिएर बिभिन्न भागमा खसेर सक्किए जस्तै गरि एमाले नाश भएर जाने बताए ।

विज्ञापन

उनले देशभरी एमालेमा पहिरो जाने क्रम जारी रहेको बताउँदै ओली नेतृत्वको एमाले शुन्यमा झर्ने ठोकुवा गरे ।

एकिकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले एकीकृत समाजबादी पार्टीले नै अब एकीकृत कम्युनिष्टहरुको नेतृत्व गर्ने दावी गरे ।

उनले केपी ओलीको प्रबृत्तीले एमाले मात्रै नभई कम्युष्टि निति, बिचार र आन्दोलनमा आक्षेप लाग्ने अबस्था आएको बताए । नेता ज्वालाले नेताहरुले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन भएको र बिद्रोहको सृङ्खला जारी रहेकाले एकिकृत समाजवादी पार्टीलाई बिशाल बनाईने दृढ्ता व्यक्त गरे ।

एकिकृत समाजवादी दाङले तिहार तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो ।

कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत बिश्वासी, पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतको उपस्थिति थियो ।

शुभकामना आदान प्रदानका लागि अन्य दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस