बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • शक्तिको पछाडि विकास कुद्ने परम्पराले हामी पछि पर्‍यौँ : मन्त्री झाँक्री
समाचार

शक्तिको पछाडि विकास कुद्ने परम्पराले हामी पछि पर्‍यौँ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेकोमा पनि जोड दिइन्।

विज्ञापन

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार दीपावली, छठ र नेपाल सम्बत्का अवसरमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो भनेकी हुन्।

विज्ञापन

एकीकृत समाजवादीकी सचिवसमेत रहेकी उनले विकास योजना बिनाअनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा हुने गरेकाले जीवनस्तरमा परिवर्तन हुन नसेको पनि बताइन्।

झाँक्रीले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि बुझ्दै नबुझी स्मार्ट शहर भन्दै उपभोक्ता समिति बनाइहाल्ने गरेकाले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको बताइन्।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफूले सोचेको उनले बताइन्।

त्यस क्रममा उनले बनिबनाउ पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाउँदै पार्टीमा लामबद्ध भएकालाई आफुहरुले तय गरेको यात्रालाई सफल पार्न निरन्तर लागिरहन आग्रह गरिन्।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, नेपाली कांग्रेसका नगर सभापति रमेश हुमागाईं र नेकपा (माओवादी केन्द्र)का नगर कमिटी अध्यक्ष दिनदयाल श्रेष्ठ लगायतले सम्बोधन गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस