सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • समाचार
  • भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुँदैन : परराष्ट्रमन्त्री खड्का
समाचार

भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुँदैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन नसक्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा परराष्ट्रमन्त्री खड्काले भारतलाई नसोधी उक्त क्षेत्रमा जनगणना नहुने बताए ।

विज्ञापन

उनले भने, ‘यस सवालमा भारतलाई सोध्नुपर्छ । भारतले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।’

विज्ञापन

परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने बताएका छन् ।

यसअघिको ओली सरकारले यससम्बन्धी भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने पनि उनले बताए ।

ओली सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि रहेको भनेर ती क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । तैपनि अझैँ लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा रहेको छ ।

अहिले राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत सुपरिवेक्षक जनताका घर दैलोमा पुगिरहेका छन् । र, यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य गरिने कार्यतालिका रहेको छ ।

यही सन्दर्भलाई लिएर सञ्चारकर्मीले शनिबार परराष्ट्रमन्त्री खड्कासँग जिज्ञासा राखेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस