Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • ‘दश बुँदे कार्यान्वयन भइसक्यो, भीम रावलको राजीनामा ठूलो कुरा होइन’
समाचार

‘दश बुँदे कार्यान्वयन भइसक्यो, भीम रावलको राजीनामा ठूलो कुरा होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २७ मा भएको दश बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको बताएका छन्।

देशभरका वडा अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्‍बोधन गरेर केन्द्रीय कार्यालय थापाथली हाइटबाट बाहिरिँदै उनले यस्तो बताएका हुन्।

विज्ञापन

उपाध्यक्ष रावलको राजीनाबारे सञ्चारकर्मीले ओलीसँग जिज्ञासा राखेका थिए।

विज्ञापन

‘उहाँले राजीनामा के को गर्नुभयो? के संयोजन गर्न सकिनँ भन्नुभयो, सहजीकरणको संयोजक हुनुहुन्थ्यो’, उनले भने, ‘मैले गरेर भएन भन्नुभयो, त्यो त्यत्रो ठूलो कुरा पनि होइन, त्यो लिखित पनि होइन, स्वीकार्य पनि होइन र अस्वीकार्य पनि होइन, केही पनि होइन।’

ओलीले त्यसक्रममा १० बुँदे कार्यान्वयन भइसकेकाले अब विवादको विषय नै नरहेको बताएका छन्। एमाले अब महाधिवेशनमा गइसकेकाले अब सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पनि बताएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस