सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुरमा भोलि दिनभर लाइन जाने, सवस्टेशनमा स्तरोन्नतीको काम गरिँदै
समाचार

भरतपुरमा भोलि दिनभर लाइन जाने, सवस्टेशनमा स्तरोन्नतीको काम गरिँदै

Renu Dahal

चितवन।
भरतपुुरमा भोलि दिनभर जसो विद्युत अवरुद्ध (लाइन जाने) हुने भएको छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले सवस्टेशनमा स्तरोन्नतीको काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने बताए ।

विज्ञापन

१३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर महानगरपालिका ११ बसेनीमा रहेको सवस्टेशनमा ११ केभी भिसिबि र लोड ब्रेकर स्विचहरु स्तरोन्नती गर्न लागिएको प्रमुख सिंहले बताए ।

विज्ञापन

भिसिबि र लोड ब्रेकर पूरानो भइसकेका र कम क्षमताका पनि भएकाले नयाँ फेर्न लागिएको उनले बताए । स्तरोन्नती गरेपछि भरतपुरमा भोल्टेजको समस्या, केबल पड्कने समस्या समाधान हुने उनको भनाइ छ ।

यस्तै विस्तारको क्रममा रहेको पुल्चोक–गोन्द्राङ्ग सडकमा भोलि पोल सार्ने काम पनि हुँदैछ । त्यसैले दुबैतर्फको काम एकैदिन पार्न खोजिएको प्रमुख सिंहले बताए ।

भरतपुर सवस्टेशनबाट वितरण हुँदै आएका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस