सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • गुटबन्दी परास्त गरिन्छ, क्रान्तिकारीमा एकीकृत नेतृत्व चयन हुन्छ : प्रचण्ड
समाचार

गुटबन्दी परास्त गरिन्छ, क्रान्तिकारीमा एकीकृत नेतृत्व चयन हुन्छ : प्रचण्ड

Renu Dahal

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेनिनवादी संगठनात्मक सिद्दान्तसँगै चुन्ने चुनिने प्रक्रिया र मोर्चाहरुमा काम गर्नेहरुलाई पार्टीको जिम्मेवारीमा लैजाने प्रक्रिया सँगै अघि बढाउने बताएका छन्।

बिहीबार काठमाडौँमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले अखिल क्रान्तिकारीले नेतृत्व चयन गर्दा एकताको सन्देश दिने बताए।

विज्ञापन

अखिल क्रान्तिकारीमा गुटको निर्माण गरेर झण्डै फूटको बिउ रोपिसकेको बताउँदै अध्यक्षले त्यसलाइ रोकिएको दावी गरे। पदाधिकारीका साथीहरूसँग कुराकानी गरेपछि उर्जा प्राप्त गरेको उनले बताए। उनले पदाधिकारीका केहीलाई पार्टीको केन्द्रीय समितिमा लैजाने बताए।

विज्ञापन

पशुहरुलाई पछाडिबाट धपाइने तर क्रान्तिकारीहरुलाई अगाडिबाट डोर्याउने प्रसंग उल्लेख गर्दै उनले विद्यार्थी संगठनमा काम गर्नेहरुलाई उचित मूल्यांकन गर्दै पार्टी जिम्मेवारी दिने बताए।
समाजवादी क्रान्तिको जतिसुकै कुरा गरेपनि, विचारमा स्पष्ट भएपनि संगठनमा त्यो कुरा नझल्केसम्म त्यसले अर्थ नराख्ने प्रचण्डले बताए।

उनले क्रान्तिप्रति बफादार नेताहरुको साथ पाएर प्रतिक्रान्तिलाई परास्त गरेको बताए। उनले प्रतिगमनविरुद्ध माइतीघरमा आन्दोलन गर्दा सडकमा कार्यर्ता आउँछन् कि आउँदैनन् भन्ने आशंका रहेकोसमेत बताए। तर आफू सडकमा आएपछि मुक्ति पाइएको र आन्दोलनमा जनताको साथसमेत रहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस