शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • एमाले छोडेर माओवादी प्रवेश गर्नेको लर्को
समाचार

एमाले छोडेर माओवादी प्रवेश गर्नेको लर्को

लाहान।

सिराहाको लाहान नगरपालिका २० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। हरिनगरा स्थित आधारभूत विद्यालयको प्रांगणमा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी एकभन्दा सय बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहेका केन्द्रीय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए।

विज्ञापन

हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबुत बनाएको माओवादी नगर कमिटीका नेता विजयकुमार गुप्ताको दाबी रहेको छ। उक्त कार्यक्रममा मेयरका प्रत्यासी खडग नारायण चौधरी, नेता जिवछ यादव, वडा -२१ का वडा अध्यक्ष हेमन्त यादव, युवा नेता चन्देश्वर यादवलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस