गुल्मी ।
नेपालका लागि चीनका राजदुत समेत रहिसकेका नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणि पौडेल यतिवेला खुलेरै माओवादी केन्द्रका गतिविधिमा सकृय भएका छन् ।
विज्ञापन
मुख्यतया पार्टीका भेला, बैठकहरुमा नेकपा माओवादी केन्द्रका राजनैतिक एजेन्डाहरुका बारेमा पाैडेलले कार्यकर्ताहरुलाई जानकारी गराउन थालेसंगै गुल्मी जिल्लाको समग्र राजनिती नै तरँगित बनेकाे छ । राजनैतिक विश्लेषकहरू पौडेलको सक्रियताले गुल्मी जिल्लामै माओवादीको पल्ला भारी हुने आंकलन गरेका छन् ।
विज्ञापन
यतिबेला नेकपा माओवादि केन्द्र रुरुक्षेत्र गाउँपालिका लगायतका स्थानीय तहका वडाहरुमा सँगठन विस्तार अभियानमा जुटेकाे छ र यी भेलाहरुमा प्रमुख आकर्षणकाे रुपमा पुर्वमुख्य सचिव पौडेल रहदै आएका छन् । माओवादी केन्द्रले विध्यार्थी, युवा र पार्टी गतिविधि एकैसाथ अघि बढाईरहेको छ र ती कार्यक्रमहरूमा पुर्व मुख्यसचिव पौडेलले प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै आएका छन् ।
मुख्यत: पार्टी कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका एजेन्डाहरुबारे प्रशिक्षित गराउँदै सँघियता, समावेशिता, समानुपातिक प्रणाली लगायतका एजेन्डाले जनताका अधिकार स्थापित गरेको कुरालाई पौडेलले कार्यकर्तामाझ व्याख्या गर्दै आएका छन् ।
पार्टी सँगठन निर्माणकाे अभियानमा मुख्यसचिव भैसकेका पाका प्रशासक आफ्नो पार्टीमा खुलेपछि माओवादी केन्द्र गुल्मीका कार्यकर्ता उत्साहित देखिएका छन् ।
काेभिड सँक्रमणकाे शुरुवाती दिनहरुमा गाउँपालिका भित्रका क्वारेन्टाइनहरुमा सँक्रमितहरुलाई उत्साह र उत्प्रेरणा भर्ने काम गर्दै आएका पौडेल लामाे समय देखि आफ्नाे पुर्ख्यौली थलाे रुरुक्षेत्र गाउँपालिकाकाे बम्घामा खेतबारीमा रमाउँदै आएका छन् ।
गुल्मी जिल्लामा ठुला साना हरेक विकास आयाेजना हरु भित्र्याउन प्रमुख भुमिका खेलेका पौडेल निश्कलंकीत प्रशासक हुन् ।
बर्तमान राजनितीक तरलताका बिच गुल्मीको माओवादि केन्द्रमा पौडेलकाे सकृयतालाई अर्थपुर्ण रुपमा हेरिएको छ । उनको सक्रियतासंगै माओवादि केन्द्रले स्थानीय देखि प्रदेश हुँदै संघीय निर्वाचनमा माओवादीको पल्ला भारी हुने देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु