शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै
समाचार

माओवादी केन्द्रमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै

Renu Dahal

काठमाडौं  । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ। माओवादी केन्द्रले पनि कांग्रेस र एमाले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ।

माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो। यसरी निर्वाचित भएर आउनुपर्नेको संख्या दुई लाख ८५ हजार रहेको माओवादी केन्द्रले जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेता वर्षमान पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराएका थिए। निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ। अब अध्यक्ष बन्न चाहेमा प्रचण्ड पनि चुनावबाटै आउनुपर्नेछ।

विज्ञापन

माओवादीले विष्णुपुकार श्रेष्ठलाई केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष बनाएको छ। माओवादीले आगामी ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ। – न्युज कारखाना

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस