नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरेका छन्।
केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै केन्द्रीय कार्यालय इन्चार्ज समेत रहेका पुनले अध्यक्ष प्रचण्डको वरिपरि गोलबन्द भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।
विज्ञापन
‘व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका लागि गुटबन्दी गर्ने प्रवृत्ति क्रान्तिकारी प्रवृत्ति होइन’, उनले भने, ‘विचार र पार्टी बलियो बनाउन हामी सबै अध्यक्ष प्रचण्डको वरिपरि गोलबद्ध हुनुपर्छ। बलियो पार्टीले मात्र जनताको सेवा गर्न सक्छ।’
विज्ञापन
क्रान्तिकारी विचारयुक्त विधि र प्रक्रियामार्फत आन्तरिक संरचना सुदृढ पारेर सहिद, बेपत्ता परिवार र विपन्न वर्गको सेवामा समर्पित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए।
‘पार्टीलाई विभिन्न गुट र स्वार्थ समूहबाट अलग गरेर विचारले एक, राजनीतिले एक, संगठनले एक क्रान्तिकारी जोश र जाँगरले एकतााबद्ध बनाउन जरुरी छ’, पुनले भने। उनले नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियामा सहयोग गर्न सबै कमिटीलाई केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिए।
फेसबुक प्रतिक्रियाहरु