आइतवार, जेष्ठ २६, २०८२
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र छाडेका चितवनका दुई नेता फेरि मूल पार्टीमा नै फर्किए, प्रचण्डले गरे स्वागत
समाचार

माओवादी केन्द्र छाडेका चितवनका दुई नेता फेरि मूल पार्टीमा नै फर्किए, प्रचण्डले गरे स्वागत

चितवन।

 

विज्ञापन

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छाडेका चितवनमा दुई नेता फेरि ने.क. पा माओवादी केन्द्रमा नै फर्किएका छन् ।

विज्ञापन

चितवन रत्ननगर जयमंगलाका रमेश रेग्मी ‘अमर’ र इच्छाकामनाका बाबुराम पोखरेल आज संविधान दिवसको दिन पारेर फेरि माओवादी केन्द्रमा फर्किएका हुन् । डा बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाएसँगै उनीहरुले माओवादी केन्द्र छाडेका थिए । दुवै नेतालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् । रेग्मी बिगतमा माओवादी केन्द्रको जिल्ला कार्यालय सदस्यको रुपमा काम गरेका थिए ।

 

 

 

त्यसैगरी मकवानपुर बाट पूर्वमाननीय प्रलाद लामिछानेलगायत केही नेताहरु ने.क.पा (माओवादी केन्द्र) मा समाहित भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस