चितवन।
चितवनमा दसैँतिहार जस्ता चाडपर्वको लागि नयाँ नोट वितरण कहिलेबाट हुन्छ भन्ने अझै अन्योलमा रहेको छ ।
विज्ञापन
बैँकहरुले असोज ४ बाट नोट बाड्ने हल्ला चले पनि कुनै आधिकारिक सूचना नआएको बताएका हुन् ।
विज्ञापन
राष्ट्रिय वाणिज्य बैँक भरतपुरमा हरेक वर्ष नयाँ नोट बाडिँदै आएकोमा यो वर्ष भने कुनै निर्देशन नआएको बैँकका प्रवन्धक सन्तोष उप्रेतीले बताए । उनले भने, ‘ बाहिर असोज ४ गतेबाट नयाँ नोट बाडिने भन्ने हल्ला आए पनि आन्तरिक निर्देशन वा सूचना केही आएको छैन । केही सूचना प्राप्त नभएसम्म कहिलेबाट वितरण गर्ने भन्ने विषय अन्योलमा छ ।’ नोट प्राप्त नभएसम्म यसै भन्न सक्ने अवस्था छैन ।
बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैँकले काठमाडौंमा राष्ट्र बैँकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट असोज ४ गतेबाट नोट साट्न पाइने जनाएको थियो ।
कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ । दसैँ तिहार लक्षित गरेर राष्ट्र बैँकले हरेक वर्ष सुकिला (नयाँ) नोट सटही गर्दै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु