काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।
एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।
विज्ञापन
नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु