आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • माधव नेपालको रणनीतिः पहिले दल खोल्ने अनि प्रचण्डसँग एकता गर्ने
समाचार

माधव नेपालको रणनीतिः पहिले दल खोल्ने अनि प्रचण्डसँग एकता गर्ने

Renu Dahal

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दल खोल्ने तयारी गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको छिनोफानोलाई हेर्ने या अगाडि बढ्ने भन्नेबारे उनले निकटस्थसँग परामर्श गरिरहेको बुझिएको छ । कतिपयले अहिले नै बढ्नुपर्ने त कतिपयले सर्वोच्चको फैसलापछि बढ्नुपर्ने सुझाव दिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपाल सर्वोच्चको आदेश पर्खने पक्षमा छन् । त्यसपछि दल खोल्नेबारे टुंगोमा पुग्ने बुझिएको छ ।

विज्ञापन

माधव नेपालले नयाँ दलको खाका यसअघि नै बनाइसकेका छन् । नेकपा एकीकृत उनीनिकट एकजना पूर्वविद्यार्थी नेताले वैशाखको पहिलो हप्ता निर्वाचन आयोग पुगेर दर्ताको निवेदन दिएका छन् । प्रमाणपत्र पाउन मात्र बाँकी छ । नेकपा क्रान्तिकारी नामको दल खोल्नेबारे पनि नेपालले तयारी गरिरहेका छन् ।

विज्ञापन

आफैले सुरुमा दल खोल्ने र त्यसपछि प्रचण्डसँग एकता गरी नयाँ नाम जुराएर जाने तयारी समेत भएको छ । मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको आन्तरिक सहमति बनिसकेको छ । उक्त दलमा दुवैजना अध्यक्ष रहनेछन् ।

नेकपा छँदा ओलीलाई निष्काशित गरी प्रचण्ड र नेपाल दुवै अध्यक्ष बनेका थिए । तर, अदालतले माओवादी केन्द्र र एमाले ब्युँताएपछि नयाँ परिस्थिति विकास भएको थियो । नेपाल पक्षधर केही नेताहरुको दबाबपछि उनी एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगेका थिए । तर, जसले त्यो सुझाव दिए तिनले नेपाललाई छाडिदिए । एमालेबाट निष्काशनमा परिसकेकाले अब नेपाल सामु नयाँ दल खोलेर बढ्नेबाहेक विकल्प लगभग समाप्त भइसकेको छ ।

११ जेठमा माधव नेपालले कम्युनिस्ट पार्टी पुर्नजागरणको अपिल गरेका छन् । उनले घुमाउरो तरिकाले नयाँ दल खोल्ने आशयसहित गोलबन्द हुन समेत भने । नेपालले वृहत कम्युनिस्ट पार्टी गठनको संकेत गरेका छन् । अब त्यो पार्टी नै माओवादी केन्द्रसँग मिलेर नयाँ दल निर्माण हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस