शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • Breaking News
  • श्रमजीवी मजदूरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव
Breaking News

श्रमजीवी मजदूरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

Renu Dahal

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।

एक सय ३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौंँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गर्नुभएको हो ।

विज्ञापन

श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै सभामुख सापकोटाले रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौँ नेपाल श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।(रासस)

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस