काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका उनलाई फर्केलगत्तै कोरोना पुष्टि भएको हो ।
अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएक रायमाझीलाई कोरोना संक्रमण भएपछि जिल्लामा समेत त्रासको वातावरण बनेको छ । रायमाझीमा कोरोनाका कडा लक्षण देखिएका छन् ।
विज्ञापन
स्वास्थ्यमा समस्या देखिएपछि रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु