होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षा गर्‍यो : नेता बर्षमान पुन
समाचार

सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षा गर्‍यो : नेता बर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।

उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिए ।

आज साझ सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो। प्रधानन्यायाधीशको एक इजलासले ८ पुसमा संवैधानिक इजलासले संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएका थिए।

१० पुसमा सर्वोच्चले एमीकश क्युरी गठन गर्ने निर्णय गरेको थियो। रिट निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए। प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ३७ जना अधिवक्ताले बहस गरेका थिए। ३ फागुन देखि ७ फागुनसम्म एमीकश क्युरीले बहस गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। संवैधानिक इजलासले त्यसलाई सदर गरेको हो। प्रधानमन्त्रीको कदमका विरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए। निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए भने सरकारी पक्षबाट ३४ जनाले बहस गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस