काठमाडौं। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन्। मोरङमा आइतबार आयोजित कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन्।
‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो,’ डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर गर्यो भने आन्दोलन गर्छु रे।’
संसद पुनर्स्थापनाको विकल्प नभएको डा. कोइरालाको निष्कर्ष छ। उनले भने, ‘सर्वोच्चले कुन धारा टेकेर असंवैधानिक संसद विघटनलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियाली रहेका छन्। किनभने संसद पुनर्स्थापनाको अर्को विकल्प नै छैन।’
सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको नेता कोइरालाको भनाइ छ। अधिनायकवादको परिणतिको रूपमा यो निर्देशिका आएको उनको निष्कर्ष छ।
फेसबुक प्रतिक्रियाहरु