होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओली चुनाव हार्न पनि सक्छन् : गुरुङ
समाचार

केपी ओली चुनाव हार्न पनि सक्छन् : गुरुङ

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेस म्याण्डेट लिन्छु भन्दा गलत नभएको बताएका छन्। अहिलेको व्यवस्थालाई अझ मजबुत बनाउन ओलीले संसद विघटन गरेको गुरुङको भनाई छ।

‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्ने स्थिति बनेन,’ उनले भने, ‘यो व्यवस्थाले भएन अझ मजबुत भएर काम गर्छु भन्ने लाग्यो भने जनताबाट निर्वाचित प्रधानमन्त्रीले मध्यावधि सिफारिस गर्न सक्छ। जन निर्वाचित प्रधानमन्त्रीले फ्रेस म्याण्डेट लिन्छु भन्नु गलत होइन।’

निर्वाचनमा जाँदा प्रधानमन्त्री ओलीले जित्ने ग्यारेन्टी नभएको पनि गुरुङले बताए। उनले भनेका छन्, ‘मध्यावधि निर्वाचनमा केपी ओलीले जित्नुहुन्छ भन्ने ग्यारेन्टी छैन नि, माधव-प्रचण्डले हार्नुहुन्छ भन्ने पनि छैन। उहाँहरूले जितेर केपीले हार्न पनि सक्नुहुन्छ। जनतासँग जोडिने कुरा कुनै पनि हालतमा अलोकतान्त्रिक हुँदैन।’

विज्ञापन

‘उहाँहरू (प्रचण्ड-माधव) लाई छटपटी के भएको छ भने यस्तो अवस्था आउला भन्ने कल्पना थिएन। प्रधानमन्त्रीलाई हटाइहाल्ने, आफू भइहाल्ने, प्रधानमन्त्रीको श्रीपेच लाइहाल्ने भन्ने दाउमा भएकालाई ठुलो चोट पुग्यो। कानुनविद्, संविधानविद्‌हरूले पनि पक्ष विपक्षमा बोलेको देखिन्छ, संविधानविद्, कानुनविद्को आँखाबाट हेरेर कसैले बहस गरेको देखिँदैन,’ शिलापत्रलाई दिएको अन्तर्वार्तामा गुरुङले भनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस