होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : योगेश भट्टराई
समाचार

ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : योगेश भट्टराई

इटहरी । नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्को सदस्य भएर काम गरेका उनले प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई आग्रह गरे।

कम्युनिस्ट पार्टीको कार्यकर्ता बिचार र सिद्धान्तबाट निर्देशित हुने दाबी गर्दै उनले छलफल र संवादबाट भाग्नेको पक्षमा लाग्न नहुने तर्क गरे । ‘प्रधानमन्त्री ओली मनपरी र स्वेच्छाचारी ढङ्गले अगाडि बढ्नु भएको छ ,’उनले भने, विवेकशील मान्छेले प्रधानमन्त्रीको हुकुम मान्न सक्दैनन् ।’

पार्टीको स्थायी कमिटीमा छलफल गरौं भन्दा भाग्ने काम गरेको भन्दै उनले आफू माथि उठेका प्रश्नको जवाफ माग्दा संसद् विघटन गर्ने दुस्साहस गरेको दाबी गरे।

विज्ञापन

‘अहिले दुवै समूहबाट भएका कार्यक्रममा कति श्रम र खर्च लगानी भएको छ यदि केही दिन छलफल गर्दिएको भए यत्रो रुवावासी गर्नुपर्ने थिएन ,’उनले भने, प्रत्येक पार्टी नेता तथा सदस्यले इज्जतको साथ काम गर्ने वातावरण होस । उमेर हद लगाएर एउटा व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरौँ भन्ने मेरो बुझाइ छ।’

अहिलेको लडाइ प्रचण्ड नेपाल र ओली बिचको नभई प्रतिगामी कदमको विरुद्धको आवाज रहेको उनको दाबी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस