मङ्लबार, फाल्गुन १८, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थिरताका लागि ताजा जनादेशमा जानु आवश्यक छः राष्ट्रपति
समाचार

स्थिरताका लागि ताजा जनादेशमा जानु आवश्यक छः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन्। निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पनि बताएकी हुन।

‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरुरी भएको तथा आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताउनुहुँदै स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभयो,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा भण्डारीले लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिएकी थिइन्।

विज्ञापन

आयोगले सोमबार संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन ०७६/७७ राष्ट्रपति भण्डारीलाई बुझाएको हो। प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, सांगठनिक एवं प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समेटिएको आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस