होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन नभए ओली सरकारलाई लखेट्छौं : प्रकाशशरण महत
समाचार

निर्वाचन नभए ओली सरकारलाई लखेट्छौं : प्रकाशशरण महत

काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुलाई जसरी पनि संसद चाहिएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित विरोधसभामा महतले अदालतले जुनसुकै निर्णय गरे पनि काँग्रेसलाई स्विकार्य हुने बताए।

उनले भने, ‘जे निर्णय गर्छ अदालतले त्यसमा हामी मान्न तयार छौं। जसरी पनि हामीलाई सांसद चाहियो। चुनाव गरेर होस् या सांसद पुनर्स्थापना गरेर।’ प्रतिनिधि सभा विघटन गरी सरकारले चुनाव घोषणा गरेको अवस्थामा समयमै चुनाव नभए काँग्रेसले सडकमा चर्को आन्दोलन गरी ओलीलाई सरकारबाट हटाउने चेतावनीसमेत उनले दिए।

‘वैशाखमा निर्वाचन भएन भने आन्दोलनको आँधीबेहेरी आउँछ, अनि ओली सरकार रहँदैन,’ महतले भने, ‘ ६ महिनामा निर्वाचनमा हुनुपर्छ। भएन, अन्योलतातर्फ लग्यो भने। चुनाव वेवास्ता गरेर सत्ता लम्ब्याउनतिर लाग्यो भने त्यसको विरुद्धमा आन्दोलनको तयारीमा नेपाली काँग्रेस लाग्नुपर्छ।’

विज्ञापन

उनले सरकार काम चलाउ भइसकेको बताए। उनले भने, ‘यो सरकार कामचलाउ भइसक्यो, अब यो सरकारले जथाभावी नियुक्ति र बजेट बाँड्न पाउदैन, यसले कामचलाउकै हैसियतमा काम गर्नुपर्छ।’ ओलीले देशलाई अराजकताको बाटोमा लान खोजमा वा निर्वाचन सुनिश्चित हुने अवस्था भएमा कांग्रेसले आन्दोलनको नेतृत्व गर्ने उनले बताए। कांग्रेसले विज्ञापन गर्न नजानेका कारण चुनावमा पराजित भएको महतको भनाई छ।

‘ओलीले गफ गर्न जान्दछन्, जनतालाई झुक्याउन जान्दछन् । तर, यो देशमा नेपाली कांग्रेसको काम विकेन, कम्युनिष्टको कुरो बिक्यो,’ उनले भने, ‘कांग्रेसले गाउँ गाउँमा स्कुल पुर्‍यायो, सडक पुर्‍यायो, विद्युत पुर्‍यायो, संविधान बनायो, कांग्रेसका नेताहरु काम गर्छन्, अहिले हामीलाई लाग्न थालेको छ, काम गरेरमात्रै नहुने रहेछ, विज्ञापन गर्नुपर्ने रहेछ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस