काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन्।
शनिबार दाङको घोराहीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले लोकतन्त्र रक्षाका लागि लामो समयदेखि संघर्षरत कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने विश्वास व्यक्त गरे।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेपालले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रूपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताए। कांग्रेस सभापति देउवा आन्दोलनबारे सकारात्मक रहेको उनको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु