मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओलीको ‘बा’ प्रवृतिबाट लोकतन्त्र खतरामा छ, साझा झण्डामा आन्दोलनमा जाऔं : माधव नेपाल
समाचार

केपी ओलीको ‘बा’ प्रवृतिबाट लोकतन्त्र खतरामा छ, साझा झण्डामा आन्दोलनमा जाऔं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा’ प्रवृतिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा बताएका छन् । उनले भने, ‘त्यो प्रवृत्तिले कोही र कहीँ बाँकी राख्दैन। ‘बा’ संस्कृतिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा छ।’

नेकपाले नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेपालले ओलीको ‘बा प्रवृत्ति’विरुद्ध आफूहरु संघर्ष गरिरहेको बताए । ‘म पहिले नै ओली प्रवृत्तिबाट आजित भएको थिएँ । तर बेदना सुनाउने र देखाउने ठाउँ थिए,’ उनले भने, ‘भित्र पनि समस्या थियो। बाहिर भन्न पनि नहुने पार्टीका कुरा। वेदना कहाँ सुनाउने ? तर, आज समयले तपाईं र मेरो ती वेदना साझा भएका छन्। बाँडिरहेका छौं।’

प्रधानमन्त्री ओलीसँग भन्दा पनि उनको प्रवृत्तिसँग आफ्नो लडाइँ भएको उनले बताए। उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’

विज्ञापन

आफूहरु कम्युनिस्ट भएपनि ‘उग्रवामपन्थी’ नरहेको उनले अवगत गराए। उनले भने, ‘कुनै समय हामीमा उग्रवामपन्थता थियो। त्यो उहिल्यै बागमतीमा बगाइसक्यौं । बगेर गइसकेको छ।’ त्यस्तो प्रवृत्ति भएका व्यक्ति भने सबै पार्टीमा भेटिने नेपाले बताए । त्यसैले त्यो प्रवृत्तिविरुद्ध एक्ला–एक्लै नभई साझा मोर्चा बनाउनुपर्नेमा उनले जोड दिए।

भने, ‘अब हामी साझा झन्डामा जानुपर्छ। साझा सरोकारको विषय भएकाले सबैको मोर्चाबन्दी हुनुपर्छ। संघीयताका, लोकतन्त्रका, संविधानका हिमायती एक ठाउँ हुनुपर्छ।’ यस्तै आफूले केपी ओली प्रवृत्तिले कुनै दिन संकटमा पार्ने ठानेर संसद्मा ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ’ भनेर बोलेको नेपालले स्मरण गराए ।

०७५ असोज ११ मा संसद्मा भोला रिजालले लेखेको गीत जोड्दै ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ । सपुत छौ कि कोही माझी बचाइदेऊ,’ भनेर नेपालले भनेका थिए । त्यो समय ओलीको सरकार सञ्चालन गर्ने तौरतरिकाले आफूलाई त्यस्तो महशुस गराएको उनको भनाइ छ ।

उनले भने, ‘उहाँको सरकार सञ्चालनको तौरतरिका देखेर मैले संसद्‌मा भनेको थिएँ, मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही यो देश बचाइदेऊ। यो भनेबापत ओलीले खेदेको खेद्यै गर्नुभयो।’

यस्तै नेपालले भने पार्टीको झण्डामा नभएर साझा झण्डामा आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए । ‘हाम्रो पार्टीको झण्डामा होइन साझा झण्डामा आन्दोलनमा जाऔं,’ उनले भने। राजा ज्ञानेन्द्रविरुद्ध ६२/६३ को आन्दोलनमा पनि आफूहरु नागरिक समाजसँगै रहेको उनले बताए। उनले भने, ‘सबैलाई एउटै क्याटागोरीमा नराख्नुस्। सबैलाई एउटै ड्याङका मूला नठान्नुस्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस