चितवन । चितवनमा अनेरास्ववियु निकट विद्यार्थीले संसद विघटन विरुद्ध सिठी जुलुस निकालेका छन्।
अनेरास्ववियु वीरेन्द्र बुहुमुखी क्याम्पसका प्रचण्ड–माधव निकट विद्यार्थीले भरतपुरमा सिठी जुलुुस गगरेका हुन्।
नेकपामा अहिले प्रधानमन्त्री ओलीले चालेको राजनैतिक कदम विरुद्ध चर्को आलोचना र विरोध भैरहेको छ।
जुलुसमा युवाहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै सांसद विघटन फिर्ता लिन माग गरेका थिए ।
कोणसभामा बोल्दै युवा विद्यार्थी नेताहरुले ओलीको प्रतिगमनकारी निर्णयविरुद्ध अनेरास्ववियु शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिए।
फेसबुक प्रतिक्रियाहरु