मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले असफलता लुकाउन प्रतिनिधिसभा विघटन गर्‍यो : वैद्य
समाचार

सरकारले असफलता लुकाउन प्रतिनिधिसभा विघटन गर्‍यो : वैद्य

काठमाडौं। मोहन वैद्य ‘किरण’ले प्रतिनिधि सभा विघटन गर्नु सरकारको असफलता भएको बताएको छ। शनिबार सञ्‍चारकर्मीसँग भेटमा वैद्यले प्रधानमन्त्रीको दम्भका कारण प्रतिनिधि सभा विघटन भएको बताए।

उनले प्रतिनिधि सभा विघटनपछि मुलुक थप संकटमा पुगेको र उपलव्धी नै गुम्‍ने खतरा सिर्जना भएको तर्क गरे। संविधान अनुसार सरकार बनाए पनि नेकपाले संविधानलाई नै प्रहार गरेको उनको भनाइ छ।

वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता गरिने उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस