मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली पक्षले बनाएका केन्द्रीय सदस्यले गरे धमाधम पद अस्विकार
समाचार

ओली पक्षले बनाएका केन्द्रीय सदस्यले गरे धमाधम पद अस्विकार

काठमाडौं ।गोपालचन्द्र बुढाथोकीले केपी शर्मा ओलीको भेलाले आफूलाई दिएको केन्द्रीय सदस्यको पद अस्विकार गरेका छन् । झापाका प्रदेश सांसद् समेत रहेका बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति समेत जनाएका छन् ।

मंगलबार बालुवाटारमा ओली पक्षले नेकपाको केन्द्रीय समिति बैठकले एकतापछि निर्मित ४४५ जनाको केन्द्रीय समितिमा ५५६ जना थप्ने निर्णय गरेको छ । जसमा प्रदेश सांसद् बुढाथोकीसहित १९ जना झापाबाट थपिएका छन् ।

उनीमात्र होइन प्रदेश १ सरकारकी सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेरले पनि केन्द्रीय सदस्य बन्न अस्वीकार गरेकी छन् । उनीपनि ५५६ जना नयाँ थपिएका केन्द्रीय सदस्यमा परेकी थिईन ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस