मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माडीको विकासमा चितवन निकुञ्ज बाधक बन्दैन् : वार्डेन अणनाथ
समाचार

माडीको विकासमा चितवन निकुञ्ज बाधक बन्दैन् : वार्डेन अणनाथ

चितवन।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीको विकासमा चितवन राष्ट्रिय निकुञ्ज बाधक नरहेको बताउनुभएको छ । हरियो वन कार्यक्रमको सहयोगमा सञ्चारिका समूह चितवनले माडीमा आयोजना गरेको वातावरणीय संरक्षण तथा लैङ्गिकता र सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बरालले यस्तो बताउनुभएको हो।
उहाँले माडी नगरपालिकाका बासिन्दाले बारम्बार चितवन राष्ट्रिय निकुञ्जलाई आरोप लगाए पनि निकुञ्जले माडीको विकासमा सधैं सघाउ पुर्याएको र विधि विधान र ऐन अनुसार लागिरहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जले विकास र संरक्षणलाई समानान्तर रूपले अघि बढाएको बताउँदै उहाँले यस अवधारणाले स्थानीयवासीमा निकुञ्जप्रतिको धारणा सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो ।

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले माडीको विकासको प्रमुख आधार पर्यटन नै भएको बताउनुभयो । निकुञ्ज ऐनका कारण केही व्यवहारिक समस्या भए पनि माडीको विकासका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने उहाँको भनाई थियो ।

अधिवक्ता फुलमाया रानाभाटले संरक्षणमा महिलाको सहभागिता, श्रोत बाँडफाडमा महिलाको अवस्था साथै कानुनी साक्षरताका विषयमा प्रशिक्षण दिनुभएको थियो।
सञ्चारिका समूह चितवनका अध्यक्ष अजिता अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस