मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिव परियारको स्वरमा ‘आँसुको अर्थ ३’को सार्वजनिक ,आकाश श्रेष्ठको उत्कृस्ट अभिनय
समाचार

शिव परियारको स्वरमा ‘आँसुको अर्थ ३’को सार्वजनिक ,आकाश श्रेष्ठको उत्कृस्ट अभिनय

लोकप्रिय गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ –‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक गरिएको हो।‘आँशुको अर्थ’ र ‘आँसुको अर्थ २’गीतलाई दर्शक तथा स्रोताले अत्यधिक मन पराए पछि शिव परियारले ‘आँसुको अर्थ ३’ लिएर आएका हुन् ।‘आँशुको अर्थ’लाई युट्युबमा दुई करोड भन्दै बढी पटक हेरी सकिएको छ भने ‘आँसुको अर्थ २’लाई ५२ लाख भन्दा बढी पटक हेरी सकिएको छ।

गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको यो गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

‘आँसुको अर्थ ३’मा नायक आकाश श्रेष्ठले अहिले सम्मकै उत्कृस्ट तथा मन छुने अभिनय गरेका छन्।आँसुको अर्थमा जहाँ सकिएको थियो ‘आँसुको अर्थ ३’को भिडियो त्यहि बाट सुरु गरिएकको छ। भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस