मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वैवाहिक जीवन सुरु गरेलगत्तै स्वेताले भनिन्– अझै धेरै गर्न बाँकी छ
समाचार

वैवाहिक जीवन सुरु गरेलगत्तै स्वेताले भनिन्– अझै धेरै गर्न बाँकी छ

काठमाडौं । नायिका स्वेता खड्काले आफुले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चाल्न सुरु गरेको बताएकी छिन् । सोमबार दोश्रोपटक लगनगाँठो कसेकी नायिका खड्काले आफ्नो यात्रामा सम्पूर्ण इष्टमित्र,आफन्तजन र सञ्चारकर्मी लगायतको सुवेक्षा र आशिर्वादको खाँचो रहेको बताएकी छिन् । बैवाहिक कार्यक्रम सम्पन्न भएलगत्तै सामाजिक सञ्जालमार्फत नायिका खड्काले आफुले सुरु गरेको जिन्दगीको अर्को अध्यायमा अझै धेरै गर्न बाँकी रहेको बताएकी छिन् ।

उनले भनेकी छिन्ः ‘मैले नेपाली सिने जगतलाई मेरो सिन्दुरको जस्तै अझै उच्च स्थानमा पुर्याउनुछ । निर्माणधिन माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनुछ । मैले अझै धेरै काम गर्न बाँकी छ ।’ उनले विशेषगरी एकल महिलाको सशक्तिकरणमा केह ीगर्न पाए हुन्थ्यो भन्ने सोच रहेको बताएकी छिन् । त्यसका लागि उनले सबैको साथ, सल्लाह र सुझावको अपेक्षा गरेकी छिन् । नायिका खड्काले सोमबार धनगढीका जियेन्द्रसिंह रावतसँग बिवाह गरेकी हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस