शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपामा वारपारको स्थिति आउँदैछ : विष्णु पौडेल
समाचार

नेकपामा वारपारको स्थिति आउँदैछ : विष्णु पौडेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको परिस्थिति अत्यन्त गम्भीर रहेको बताएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल पछि उनले परिस्थिति गम्भीर रहेको बताएका हुन्।

महासचिव पौडेलले पार्टी फूट्को अवस्थामा रहेको संकेत गरे। उनले भने, ‘कहिलेलेकाहीँ बस्तीभित्र खोलो पस्दा त्यहाँभित्रका मानिसहरू चाहेर या नचाहेर पनि वारिपारि हुनुपर्ने हुन्छ। त्यस्तै स्थिति आउँदै छ, नेकपामा।’ महासचिव पौडेल र अध्यक्ष प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको हो।

प्रचण्डसँगको छलफल गरेर निस्केपछि पौडेलले पत्रकारहरुमाँझ भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ।’ शुक्रबार धुम्बाराहीमा उनीहरु दुईजनाको कुराकानी हल हुने किसिमले अघि बढेन। प्रचण्डले सुरुमै पौडेलको राय जान्न चाहे। तर पौडेलले ठोस जवाफ दिएनन्। कुनै उपाय पनि सुझाएनन्। उनले ९९.९९ प्रतिशत पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भावना पार्टी कुनै पनि हालतमा नफुटोस् भन्ने रहेको मात्र बताएका थिए।

विज्ञापन

पार्टी र सरकार सन्चालनको सीमारेखा नभुल्न आफूले दुवै अध्यक्षलाई आग्रह गर्ने उनले बताएका थिए। ‘त्यस्तो धेरै कुरा गर्न सकिएन। अहिले त एक अर्काको मुड बुझ्ने काम चलिरहेको छ,’ पौडेलले फेरि संकेतमा बोले, ‘यति चैं प्रष्ट हो, परिस्थिति निकै संवेदनशील छ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस