काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले तीनै तहका सरकार छाडा भएका बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले तीनै तहका सरकार छाडा भएका बताउनुभएको हो ।
यसका साथै उहाँले उक्त विषयमा गम्भीर समीक्षा गरेर सच्याउन ढिलासुस्ती गर्न नहुने पनि बताउनुभएको छ । यसैबीच उहाँले पार्टीभित्र देखिएको विवाद र झगडाले जनता र कार्यकर्तामा निराशा छाएको पनि बताउनुभयो ।
पार्टी र सरकारमा गम्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलासुस्ती गर्न नहुने बताउँदै उहाँले समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्ने सुझाउनुभयो ।
त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उठाइएका प्रश्नको जवाफ दिन आफूलाई समय लाग्ने बताउनुभएको थियो ।
जसको लागि प्रधानमन्त्री ओलीले आफूलाई कार्यकारी अध्यक्ष दाहालले निराधार आरोप लगाएको भन्दै त्यसको जवाफ दिन दश दिन समय लाग्ने बताउनुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु