शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

file photo

चितवन।इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस