शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • चितवन विशेष
  • भरतपुर ७ मा रहेको नव जागरण कृषि सहकारी संस्थाको औपचारिक उद्घाटन
चितवन विशेष

भरतपुर ७ मा रहेको नव जागरण कृषि सहकारी संस्थाको औपचारिक उद्घाटन

भरतपुर । शनिबार भरतपुर ७ मा रहेको नव जागरण कृषि सहकारी संस्थाको औपचारिक उद्घाटन गरिएको छ । सहकारीको एक कार्यक्रमका बीच वागमती प्रदेशका कृषि तथा शिक्षा समन्वय समितिका सभापति घनश्याम दाहाल अबिनाशले गर्नुभयो ।

विभिन्न व्यवसायमा लागेको भरतपुर ७ का व्यवसायी तथा महिलाहरुको संयुक्त प्रयासमा कृषि सहकारी संचालनमा ल्याइएको हो ।  सहकारीले निकट भविष्यमा विभिन्न कृषि उपज, पशुपालन, बीउ बिजन तथा आर्गनिक वस्तुहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।
संस्थाका अध्यक्ष शशिधर लामिछानेले कोभिड १९ ले गर्दा भएको लकडाउनका कारण फेरि कृषि क्षेत्रमै फर्केर कृषि कर्म गर्नुपर्छ भन्ने उद्देश्यका साथ सहकारीको अवधारणा अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिक वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लले सहकारीका मध्यमबाट नगरबासीको आर्थिक अवस्था परिवर्तन गर्न सकिने उल्लेख गर्नुभयो । अध्यक्ष काफ्लले भरतपुरमा भौतिक विकास प्रशस्त रुपमा भएपनि चेतना भने त्यही स्तरमा वृद्धि भइनसकेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरु उपस्थिती रहेको थियो ।

विज्ञापन

यसैबीच वागमती प्रदेशले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँ बढी सहुलियतपूर्ण ऋण दिने तयारी थालेको छ । शनिबार भरतपुरमा नव जागरण कृषि सहकारी संस्थाको उद्घाटन गर्दै कृषि तथा शिक्षा समन्वय समितिका सभापति घनश्याम दाहाल अबिनाशले सो कुरा बताउनुभयो । दाहालले सानादेखि ठूला कृषकलाई ऋण प्रवाह गर्न कार्यविधि निर्माण काम भइरहेको जानकारी दिनुभयो ।

सरकारले दिने अनुदान वस्तविक कृषकले नपाई टाठा बाठेले मात्र पाउने तर, वास्तविक कृषकसम्म नपुग्ने अवस्थाको अन्त्य गर्न सहुलियत पूर्ण कर्जाको व्यवस्था गर्न लागिएको उहाँको भनाई थियो ।
अब सहकारीका व्यवस्थापकले कुनै आर्थिक हिनामिना गरे उसको तीन पुस्तेबाट बचतकर्ताको रकमको ग्यारेण्ट हुने सहकारी ऐनले व्यवस्था गरेको दाहालले सो अवसरमा जानकारी दिनुभयो ।

सरकारको तीन खम्बे नीति अनुसार नै सहकारीलाई नियमन गरी अगाडि बढाउने सहकारी ऐन पारित भएको समेत उहाँले जानकारी दिनुभयो । दाहालले सहकारीलाई सरकारले लगाउदै आएको करमा समेत कटौती गरेको उहाँको भनाई छ । महानगरपालिकाभित्र रहेका सहकारले १० प्रतिशत मात्रै कर तिर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले नगरपालिकालाई ५ प्रतिशत र गाँउपालिकालाई कुनैपनि कर तिर्न नपर्ने ऐनमा व्यवस्था गरेको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस