काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामचन्द्र काफ्लेको “यो तिहरैमा घरैमा नाचिन्छ” बोलको गीत सार्वजनिक भएको छ । गायक काफ्लेको अफिसल युट्युव च्यालबाट बुधबार “यो तिहरैमा घरैमा नाचिन्छ” गीत सार्वजनिक भएको हो । पछिल्लो समय कोराना कहरका कारण चाडपर्व घरमै बसेर मनाउन सरकारले आग्रह गरिरहेको अवस्थामा गायक काफ्ललेले सन्देशमुलक गीत बजारमा ल्याउनु भएको छ ।
म्युजिक भिडियोमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने हौसला सन्देश दिइएको छ । नेपालीहरुको दोस्रो महान चाड तिहारको अवरसरमा सो गीता सार्वजनिक गरिएको गाएक काफ्लेले बताउनुभयो । गीतको भिडियोमार्फत नेपालीहरुले परापुर्वकालदेखि खेल्दै आएको देउँसी भैलोलाई प्रस्तुत गर्न खोजिएको उहाँको भनाइ छ ।
बिधान कार्कीद्वारा निर्देशित गीतमा गायिका जुनु रिजालको पनि स्वर रहेको छ । काफ्लेको आफ्नै संगीतमा रहेको गीतमा राज कुमार बगरको शब्द चयन रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु