शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • चितवन विशेष
  • विकास निर्माणमा भरतपुर–८ अब्बल बन्दै
चितवन विशेष

विकास निर्माणमा भरतपुर–८ अब्बल बन्दै

खेमराज ढकाल
चितवन । स्थानीय निकायको निर्वाचनपछि भरतपुर महानगरपालिका–८ ले विकास निर्माणमा कोल्टे फेरेको छ । वडा भित्रका अधिकांश सडकहरु कालोपत्रे भएका छन् भने प्रत्येक टोलमा सडक बत्ती र खानेपानीको सहज पहुँच भएपछि स्थानीय सरकार भएको आभाष जनताले गर्न थालेका छन् । वडाले महानगर, प्रदेश सरकार तथा केन्द्रीय सरकारको बजेटलाई चरणबद्ध रुपमा प्रयोग गरेर विकास निर्माणको कामलाई अगाडि बढाएको वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपाने बताउनुभयो । आफ्नो अधिकारक्षेत्र भित्र रहेर जनताको लागि काम गर्दै आएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वडाभित्र करिब दुई किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्नका लागि सम्झौता र ग्रेडर लगाउने काम भएको यहाँका ईन्जिनियर सुरज देवकोटाले बताउनुभयो । महानगरभित्र रहेका २९ वटा वडा मध्ये वडा नम्बर ८ ले शतप्रतिशत काम गरेको देवकोटाको भनाइ छ । यसै अवधिमा वडाभित्र करिब एक किमिभन्दा बढी बाटोमा ग्राभल भर्नेकाम सम्पन्न भएको देवकोटाले जानकारी दिनुभयो ।
जनताको प्राथमिकतालाई आधार मानेर वडाले क्रमश काम गर्दै आएको र सोही अनुरुप विकासका कामहरु पनि क्रमश सम्पन्न हुँदै जाने वडा सदस्य तिलक दर्लामी बताउनुभयो । जनताकै काम गर्ने क्रममा दुईवटा मन्दिरको मर्मत र पुननिर्माणका लागि सम्झौता समेत भइसकेको वडा सदस्य भगवती गौतमको भनाइ छ ।
वडा नम्बर ८ को विकास निर्माणलाई निरन्तरता दिने क्रममा वडा नम्बर ९ को सिमाना धारेचोकदेखी वडा नम्बर ६ को सिमाना पाण्डेघुम्तीसम्म नालीसहितको सडक बिस्तार र कालो पत्रेका लागि वडा कै पहलमा महानगरले केन्द्र सरकारसँग रु १५ करोडको बजेट माग गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । केही समय अघि लगातार परेको पानीका कारण वडाका अधिकांश क्षेत्र डुबानमा परेको देखेपछि आफु चिन्तामा परेको बताउँदै अध्यक्ष न्यौपानेले अब नक्सामा भएका कुलो र नहरको खोजी गरी पानीको निकास गर्ने बताउनुभयो । “जनताले चुनेर हामीलाई काम गर्न पठाएकाले हामीहरुले पनि उहाँहरुको मर्म बुझेर काम गर्दै आएका छौं”, “दिन रात नभनी जनताको घरदैलोमानै पुगेर जनताको काम गर्न पाउँदा हामी निकै खुशी छौं” –अध्यक्ष न्यौपानेले भन्नुभयो । वडामा आफ्नो टिम निर्वाचित भएर आए देखीनै जनताले प्रत्यक्ष अनुभुति लिनेगरी काम गर्दै आएको र त्यसैको परिणाम स्वरुप महानगरको उत्कृष्ट वडा बन्न सफल भएको अध्यक्ष न्यौपानेको भनाइ छ । जनताले आफुले जिताएर पठाएको टिमलाई पूर्ण रुपमा विश्वास गर्नुका साथै कर्मचारीहरुको साथ रहैकै कारण वार्ड नम्बर ८ उत्कृष्ट भएको र सदैव उत्कृष्ट रहिरहने अध्यक्ष न्यौपानेको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस