शनिबार, कार्तिक १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनमा पहिलोपटक ‘टेस्ट ट्युब बेबी’को जन्म
समाचार

चितवनमा पहिलोपटक ‘टेस्ट ट्युब बेबी’को जन्म

चितवन।चितवनमा पहिलोपटक ४१ वर्षीया महिलाको कोखबाट टेस्ट ट्युब बेबी (बच्चा)को जन्म भएको छ ।

चितवन मेडिकल कलेजमा पहिलोपटक ‘टेस्ट ट्युब बेबी’को जन्म भएको हो । चितवनमा दोस्रो प्रयासमा पहिलोपटक सफलता पूर्वक टेस्ट ट्युब बेबी जन्म भएको अस्पतालकी चिकित्सक रेनुका ताम्राकारले बताउनुभयो । उहाँले भन्नुभयो–‘दोस्रो प्रयासमा हामीले सफलता हात पारेका छौं, परिवार खुशी नै छ ।’ परिवारले परिचय सार्वजनिक नगर्ने बताएपछि उनीहरुको परिचय गोप्य राखिएको छ । उनीहरु चितवनबासी दम्पती हुन् ।

 

विज्ञापन

 

डा.ताम्राकारका अनुसार शनिबार ३.६ किलोग्रामको छोराको जन्म भएको हो । बच्चा र आमाको स्वास्थ्य अवस्था एकदम राम्रो रहेको चिकित्सकले बताएको छ । सो दम्पतीमा गत दशैं तिहारको समयमा टेस्ट ट्युब बेबीको प्रक्रिया अघि बढाईएको थियो । उनीहरु नियमित चिकित्सको निगरानीमा रहेको थिए । कृतिम गर्भाधान भएकाले चिकित्सकहरुले नियमित जसो नेचुरल हर्मोन प्रदान गर्दै आइरहेको थियो ।

प्राकृतिक रुपमा सन्तान उत्पादन नहुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डकोषलाई बाहिरबाट फर्टिलेट गरेर महिलाको पाठेघरमा राखेर जन्मिने बच्चालाई टेस्ट ट्युब बेबी भनिन्छ ।

चितवन मेडिकल कलेजमा पहिलोपटक गत वैशाखमा टेस्ट ट्युब बेबीको प्रक्रिया थालिएको थियो । त्यो सफल नभएपछि दोस्रो पटक यी दम्पतीको प्रक्रिया अघि बढाईएको थियो ।

के हो टेस्ट ट्युव बेबी ?

यो एउटा कृतिम प्रक्रिया हो । ‘आइभीएफ’ प्रविधिबाट कृत्रिम रुपमा जन्मेका बच्चाहरु नै टेस्ट्युव बेबी हुन् । प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने बाध्यता भएकाहरुको लागि ‘आइभीएफ’ प्रविधीले सहयोग गर्छ । कतिपय महिलाहरुको अण्डासयमा अण्डा बन्दैन् ।

बनेका स—साना डिम्ब नबड्ने भएकाले गर्भधारण हुन सक्दैन । सन्तान जन्माउन नसक्ने महिलाहरुको पाठेघरमा पानी जम्न सक्छ । पाठेघरको झिल्ली पातलो हुन सक्छ । हर्मोनमा गडबडी र पाठेघरको गर्भाशयको मुख ज्यादै सानो हुन्छ । यस्तो अवस्था भएका महिलाहरुको सन्तान जन्माउन उत्तम विकल्प आइभीएफ प्रविधि हो ।

सन्तान जन्माउन नसक्ने महिला मात्र हैन पुरुषको लागि पनि आइभीएफ अन्तिम विकल्प हो । पुरुषको शुक्रकिट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भ्रुण तयार गरिन्छ । यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । त्यसपछि साधारण अवस्थामा जस्तै विकसित भइ शिशुको रुप धारण गर्दछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस