चितवन ।चितवनमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४६ र अन्य विभिन्न जिल्लाका ९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ३४ जना रहेका छन् । जसमध्ये ६ वर्षीय बालकदेखि ७१ वर्षीय वृद्ध रहेका छन् । संक्रमित हुनेमा १८ जना पुरुष र १६ जना महिला छन् । यसैगरी रत्ननगर नगरपालिकाका ५ महिला र एक पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै खैरहनी नगरपालिकाका ३ जना पुरुष र राप्ती नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै कालिका नगरपालिकाकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पर्सा जिल्लाका २५ देखि ४९ वर्ष उमेर समूहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको नेशनल मेडिकल कलेजबाट स्वाब संकलन गरी परीक्षणका लागि चितवन ल्याईएको थियो । यस्तै तनहुँ, मकवानपुर र सर्लाहीका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुक प्रतिक्रियाहरु