शनिबार, कार्तिक १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
समाचार

चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

चितवन ।चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर, नवलपरासी पूर्वकासहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ८ पुरुष र ७ महिला गरी १५ जना, राप्ती नगरपालिकाको ३ पुरुष र ३ महिला गरी ६ जना, खैरहनी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, रत्ननगर नगरपालिकाका ४ जना पुरुष रहेका छन् । उनीहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट स्वाब दिएका थिए ।

 

विज्ञापन

 

यस्तै नवलपरासी पूर्व गैंडाकोटका एक महिला र कावासोतीका एक पुरुष, मकवानपुर हेटौंडा–४ का ५० वर्षीय एक पुरुष रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस