मङ्लबार, फाल्गुन १८, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यि हुन् प्रधानमन्त्रीले ‘नोटीस’ गरेका सम्भावित मन्त्रीको नाम
समाचार

यि हुन् प्रधानमन्त्रीले ‘नोटीस’ गरेका सम्भावित मन्त्रीको नाम

काठमाडों । मन्त्रीमण्डल पुनर्गठनका विषयमा लामै छलफल गरेपनि नेपाल कम्युनिष्ट पाटी ‘नेकपा’ का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच अझै कुरा मिल्न सकेको छैन ।

खासगरि मन्त्रिपरिषदमा कसलाई हटाउने र कसलाई थप्ने भन्नेमै दुइ अध्यक्षबिच कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको क्रममा केही नंया अनुहारलाइ स्थान दिने तयारी गरेका छन् । ओलीले गणेश ठगुन्ना, प्रेम आले, लिला श्रेष्ठ सहितका केही नंया अनुहार अबको क्याविनेटमा ल्याउन चाहेका छन् ।

खासगरि पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो । अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डेको नाम तयारी अस्थामा थियो । तर पाण्डेले आफु अर्थ बाहेक अरु मन्त्रालयमा नजाने स्पष्ट संकेत दिइसकेका छन् । उनले अर्थ बाहेक अन्य मन्त्रालयको ‘अफर ‘ नस्विकार्ने बताइसकेका छन् ।

विज्ञापन

स्रोतका अनुसार विष्णु पौडेल अर्थ मन्त्री बन्ने पक्का जस्तै छ । पौडेलको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको छ । पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक विवाद मिलाउन खटिएका जनार्दन शर्मा पनि यसपटक क्याविनेट छिर्न चाहन्छन् । तर प्रधानमन्त्री ओलीले उनलाई सञ्चार मन्त्रालय दिन आनाकानी गरेका छन् । ओली सञ्चार मन्त्रालय पुर्वएमाले तर्फकै नेतालाई दिन चाहन्छन् ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन । बरु रावललाई टक्कर दिन प्रधानमन्त्री ओलीले सुदुरपश्चीमबाटै गणेश ठगुन्ना र प्रेम आलेलाइ क्याबिनेटमा ल्याउने तयारी गरेका छन् ।

उनिहरुका अलवा लिला श्रेष्ठ र पम्फा भुषाललाई पनि ओलीले मन्त्रीको लागी ‘नोटीस’ गरिसकेका छन् । प्रचण्डकै अगाडी ओलीले ‘टोपबहादुर रायमाझी, प्रभु साहलाई पनि मन्त्री बनाउनुपर्छ भन्दै लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्ने बताए । प्रचण्डसँग भएका भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गरेपछि प्रचण्डले ‘ल जेसुकै गर्नुस’ भन्दै निस्केका थिए ।

प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नाम समेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा नरहेको बताइन्छ ।

दाहाल भने देखिने गरि मन्त्रीपण्डल हेरफेर गर्न चाहन्छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने समझदारी बनेपनि त्यसअनुरूपको व्यवहार नभएपछि प्रचण्डले जस्तोसुकै सहमति गरेपनि ओलीको ब्यवहारमा परिवर्तन नआएको भन्दै दिक्क मानेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस