शनिबार, कार्तिक १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली–प्रचण्डसँग विष्णु पौडेल रुष्ट, सचिवालय बैठकमा नजाने
समाचार

ओली–प्रचण्डसँग विष्णु पौडेल रुष्ट, सचिवालय बैठकमा नजाने

काठमाडौं । दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर विवाद चर्किरहेका बेला सत्तारूढ नेकपाको सचिवालय नै विभाजित बनेको छ ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड भालुवाङको पक्षमा देखिए पनि नेकपा महासचिव विष्णु पौडेल असन्तुष्ट बनेका छन् । पौडेल रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य हुन् । उनले गत प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जायर गरेका थिए ।

बुटवल पुरानो, व्यापारिक, स्रोत साधन र संरचनायुक्त सहर रहेकाले प्रदेश राजधानीका लागि विकल्पहीन रहेको पौडेलको तर्क रहँदै आएको छ । आफ्नो प्रतिबद्धता र चाहनाविपरीत प्रदेश राजधानीबारे निर्णय भएपछि उनले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँग चर्को असन्तुष्टि राखेको नेकपा स्रोतले जनाएको छ ।

विज्ञापन

यसअघि वागमती प्रदेशको राजधानीबारे नेकपा सचिवालय बैठकमा छलफल भएको थियो । सचिवालयको ग्रिनसिंग्नलकै आधारमा हेटौंडाबारे निर्णय गरिएको थियो । स्रोतका अनुसार, वागमती प्रदेशको राजधानीबारे यसअभि सचिवालयले निकास दिएजस्तै गरी प्रदेश ५ राजधानीबारे पनि पार्टीमा छलफल हुनुपर्ने माग पौडेलले राख्दै आएका छन् । ‘आफ्नाे जायज मागबारे पार्टीका शीर्ष नेताले छलफल र सरसल्लाह गर्न उत्सुकता नदेखाइ प्रदेश राजधानीबारे निर्णय गरिएकाेमा महासचिव विष्णु पौडेल रुष्ट छन्,’ स्रोतले भन्यो ।

प्रदेश ५ राजधानीबारे जबरजस्त निर्णय गरेर आफ्नो राजनीतिक करिअरमै खेलबाड गरिएको गुनासो पौडेलले निकटस्थसँग राखेकाे बताइएकाे छ । पौडेलले सचिवालय बैठक नबोलाउने सन्देश अध्यक्षद्वयलाई पुर्याएका छन् । बैठक डाकिए पनि त्यसमा आफू सहभागी नहुने जानकारी पनि उनले गराएको स्रोतले जनाएको छ ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता निर्माणदेखि अहिलेको विवाद समाधानसम्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पात्र हुन् पाैडेल । तर उनै पाैडेल पार्टी नेतृत्वसँग यसपटक रूष्ट बनेका छन् । पार्टी नेतृत्वप्रति पाैडेलले गुनासाे गरेकाे याे दर्लभ घटना भएकाे बताइन्छ ।

प्रदेश ५ सरकारले राजधानीबारे लिएको निर्णयबाट रुष्ट बनेका पौडेलले सचिवालय बैठक नबोलाउने र बोलाइए पनि सहभागी नहुने सन्देश बालुवाटारमा पुर्याएका छन्,’ स्रोतले भन्यो ।

प्रदेश ५ को राजधानीलाई लिएर विवाद चर्किएपछि मुख्यमन्त्री शंकर पोखरेलले सक्रिय बनेका छन् । शनिबार काठमाडौं आएका उनले अध्यक्षद्वयसँगै केही नेतासँग भेटघाट गरेर दाङको पक्षमा माहोल बनाइदिन आग्रह गरेका छन् । उनको आग्रहपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग दाङको पक्षमा उभिदिन आग्रह गरेको बताइएको छ ।

कांग्रेसले प्रदेश ५ राजधानीबारे प्रदर्शन थालेपछि अध्यक्षद्वयले कांग्रेसको साथ खोजेका हुन् । यद्यपि, कांग्रेसले थालेको प्रदर्शन रोकिएको छैन । २०७७ असाेज १८ गते आइतबार मात्रै काठमाडौंबाट फर्किंएका प्रदेश ५ का मुख्यमन्त्री पोखरेल प्रदर्शनकारीको निशानामा परेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस