शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
समाचार

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवन ।चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले  जानकारी दिए ।

ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धि समस्या थियो । उनी अस्पताल आएदेखि नै आइसीयूमा भर्ना भएकी थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस