बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु
समाचार

कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु

भरतपुर । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैँडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ वर्षिय एक महिलाको मृत्यु भएको हो ।

भदौं १७ गते कोरोना पुष्टि भएको उनको कोभिड आइसियूमा उपचारको क्रममा गए राति ११ः ३० बजे मृत्यु भएको कलेजका निर्देशक दयाराम लम्सालले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो ।

विज्ञापन

चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस