बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुलमान प्राधिकरणबाट आज बिदा हुँदै, दोहोर्‍याउन ‘प्रधानमन्त्रीनै इच्छुक देखिएनन्
समाचार

कुलमान प्राधिकरणबाट आज बिदा हुँदै, दोहोर्‍याउन ‘प्रधानमन्त्रीनै इच्छुक देखिएनन्

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदैछ। २०७३ सालको भदौ २९ गते नियुक्त भएक घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो।

आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ। तर मन्त्रिपरिषद्को बैठक सोमबार (भोलि) मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो।

यद्यपि प्रधानमन्त्री ओलीले चाहेमा सरकारले कुलमानलाई फेरि पनि प्राधिकरणको नेतृत्व दिन सक्छ तर ओलीले घिसिङलाई नियुक्त गर्न नचाहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ। ‘नेकपाका अध्यक्ष प्रचण्ड कुलमानलाई नै लैजानुपर्छ भन्नेमा हुनुहुन्छ तर प्रधानमन्त्री ओलीले त्यसमा रुचि देखाउनुभएको पाइएन’, ऊर्जा मन्त्रालय स्रोतले भन्यो। प्रधानमन्त्रीले नै इच्छा नदेखाएपछि घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन ।

विज्ञापन

दैनिक १८ घण्टाको लोडशेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहो¥याउन माग गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस