बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • विशेष
  • पार्टी भनेको विचार र विधि हो : क अध्यक्ष प्रचण्ड
विशेष

पार्टी भनेको विचार र विधि हो : क अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी भनेको विचार र विधि भएको जनाएका छन् ।

सामाजिक संजालमा प्रचण्डले लेखेका छन्, ‘पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।’

पछिल्लो समय नेकपाको विवाद समाधान उन्मुख देखिएको भनिएका बेला प्रचण्डले विचार विधिको कुरा उठाएपछि महत्चकासाथ हेरिएको छ ।

विज्ञापन

उनले विचार मात्रैले पार्टी नबन्ने र विधिले मात्रै पनि पार्टी नबन्ने भन्दै कम्युनिष्ट पार्टीमा विचार विधिको वैज्ञानिक समयोजनको जरुरी रहेको उल्लेख गरेका हुन् ।

नेकपाको विवाद समाधान गर्न बनेको कार्यदलले बिझाएको प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाउन थालेपछि प्रचण्डले यस्तो भनाई सार्वजनिक गरेका हुन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्ना अधिकार कटाैति गरेर कमजोर पार्न खोजिएको महशुस गर्न थालेका छन् ।

यद्यपी नेकपामा गोप्य सहमति भएपनि सहमतिबाट पछि हट्ने क्रम भने चलिरहेकै छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस