आइतवार, अशोज ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुलमानलाई दोहोर्यारउने पक्षमा प्रचण्ड र नेपाल ,ओलीले अडान नछाडे पार्टीबाटै निर्णय गराएर ल्याउने
समाचार

कुलमानलाई दोहोर्यारउने पक्षमा प्रचण्ड र नेपाल ,ओलीले अडान नछाडे पार्टीबाटै निर्णय गराएर ल्याउने

काठमाडौं । विभागीय (उर्जा) मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओली नदोहोर्यारउने अडानमा रहेका बेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने फेरि जिम्मेवारी दिनुपर्ने पक्षमा उभिएका छन्।

पार्टीमा बहुमतको स्थितिमा रहेका प्रचण्ड र नेपालले पार्टीबाटै निर्णय गराएर भए पनि कुलमानलाई ल्याउने तयारी गरेका छन्। यसो भएमा ओली आफ्नो अडानमा झुक्नुपर्ने छ। नेकपाको विवाद मिलाउन गठित कार्यदलले राजनीतिक नियुक्तिका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड बनाएको छ।

साथै नियुक्तिको निर्णय सचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा हुने भनिएको छ। अब यो मापदण्डअनुसार सरकार पार्टीको नीति र निर्णयमा चल्नेछ। पार्टी सचिवालयमा प्रचण्ड र माधव नेपालको बहुमत छ।

विज्ञापन

बहुमतले कुलमानलाई नियुक्त गर्न भनेपछि नचाहँदा नचाहँदै पनि प्रधानमन्त्री कुलमानलाई फेरि नियुक्ति दिनुपर्नेछ। प्रधानमन्त्रीमात्रै उर्जामन्त्री पुन पनि कुलमानसँग रुष्ट छन्। तर पार्टीले निर्णय गरे यिनले आफू असन्तुष्ट भएपछि मन्त्रिपरिषदमा प्रस्ताव लानुपर्नेछ र ओलीले आफ्नै अध्यक्षतामा बाध्य भएर नियुक्ति दिनुपर्ने छ।

ओलीले आफैले चाहेजसरी अब नियुक्ति गर्न सक्ने छैनन। कुलमानको नियुक्तिबारे प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्ड र उर्जामन्त्री पुनबीच छलफल भइसकेको छ। जसमा ओली र पुनले कुलमानको कडा आलोचना गर्दै फेरि जिम्मेवारी दिन नहुने बताएको खुमलटार स्रोतले बतायो। तर प्रचण्ड भने दिनुपर्छ भन्ने पक्षमा उभिए। यसो हुँदा ओलीले कुलमानलाई फेरि जिम्मेवारी दिन नहुने कारण अध्यक्ष प्रचण्डलाई बताए।

संस्थागतसहित सबै काममा आफैले जस लिएको, मिडियामा सेलिब्रेटी बनेको, निजी क्षेत्रलाई हतोत्साहित गरेको, आफ्नै कर्मचारीलाई पेलेको, प्राधिकरणको खर्चमा आफ्नो व्यक्तिगत प्रचार बढी गरेको, नेता र सरकारलाई बद्नाम गराएको, आफूले भनेको नमानेको भन्दै ओली र पुनले प्रचण्डसँग गुनासो पोखेका थिए। उर्जा मन्त्रालय स्रोतका अनुसार हाइड्रोका विचौलियाहरुपनि कुलमान रोक्न राजनीतिक रुपमा लबिङमा उत्रिएका छन्।

चार वर्षअघि प्राधिकरणको निर्देशक भएका कुलमानले दैनिक १४ घण्टासम्म हुँदै आएको लोडसेडिङ अन्त्य गरेर चर्चामा आए। उनी थुप्रै आयोजना सकाएर स्वदेशमै विद्युत उत्पादन गर्ने र भारत तथा बंगलादेशलाई बेच्ने तयारीमा लाग्दा कार्यकाल सकिनै लागेको छ। फेरि कार्यकाल थपिए भारतबाट बिजुली ल्याउने नेपाल उनीहरुलाई नै बेच्ने देश बन्नेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस