शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको पहिलो चरणको सेमी फाइनल सम्पन्न
शिक्षा

राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको पहिलो चरणको सेमी फाइनल सम्पन्न

जि सी ई आयोजक र सेन्ट जेभियर इन्स्टिच्युट  चितवन सह–आयोजकको रुपमा आयोजना गरेको राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको आज पहिलो चरणको सेमी फाइनल सम्पन्न भएको छ। १६ प्रतियोगी बिच भएको यस प्रतिस्पर्धाको संचालन बर्षा राउत र सिता बस्याल ज्यूले गर्नुभएको थियो।कार्यक्रमको सुरूवात राष्ट्रिय गाना अनि प्रतियोगीताको परिचारात्मक सानो भिडियोबाट गरिएको थियो।सिता बस्याल ज्यूबाट प्रतियोगीताको नियम अनि १६ जना प्रतिस्प्रर्धीलाई स्वागत गरिएको थियो।कार्यक्रममा निर्णायकको भूमिका बर्षा भण्डारी,सुमन गिरी, र प्रसुराम निरौला ज्यूले निर्वाह गर्नुभएको थियो भने वक्तालाई आवश्यक सुझाव प्रदान गर्नुभएको थियो।

विभिन्न शैक्षिक एंव सामाजिक पक्षलाई विषयवस्तु बनाई आयोजना गरेको यस वादविवाद प्रतियोगितामा प्रतियोगीहरूको आ(आफ्ना तर्क वितर्कहरू प्रस्तुत गर्नुभएको थियो। जसमा रियाना ढुगांनाले अनलाइन क्लासबाट भरखर मात्र भारतको केरलामा भएको घटनालाई औल्याउदै विपक्षबाट आफ्नो तर्क राख्नुभयो भने जतिन भूषालले गाऊकी मोबाइल चलाउन नजानेकी बुडि आमाले आज प्रविधी अनुरूप अनलाइ आमा समूहको बैठक बस्नुहुन्छ भन्दै अनलाइन प्रविधी विकास र समुन्तको बाटो हो भन्दै आफ्ना विचार प्रकट गर्नुभएको थियो।

विज्ञापन

प्रतियोगीहरूको कडा प्रतिस्पर्धा बिचमा,दोस्रो चरणको सिमी फाइनलको लागी८जना प्रतियोगीहरू चयन हुनुभएको छ जसमा टप ७सोतह दोस्रो चरणको सेमी फाइनल राउन्डमा प्रवेश गर्नुभयो भने बाँकी १जना वाइल्डकार्ड इन्ट्रि मार्फत ,यो सँगै भाद्र ११ गते हुने दास्रो चरणको प्रतिस्पर्धामा संमृद्धी देव, प्रिस्मा पोख्रेल,आशिष सापकोटा,टिका पाण्डे,सामर्थ झा ,शुभेक्षा अर्याल, इन्दिरा न्यौपाने,अग्रता शर्मा लगाएतले आफूलाई प्रस्तुत गर्नुहुनेछ।

उल्लेख्य संख्याको उपस्थितिमा जुम मार्फत संचालन गरिएको यस कार्यक्रमको अन्त्यमा निर्णायक मण्डलद्धारा प्रतियोगीहरूलाई सुझाव एंव सल्लाहा दिदै कार्यक्रमको पूर्ण सफलाताको कामना दिई कार्यक्रमको समापन जिसीई लिडर आशिष लामीछाने ज्यूले गर्नुभएको छ।
समग्रमा आजको कार्यक्रम ७० जनाको सहभागिता अनि १६जना प्रतिस्प्रधीको बेजोड प्रस्तुतिमा सु–सम्पन भयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस