बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • सिपिएल क्रिकेटः सन्दीपको किफायती बलिङसँगै टिमको दोस्रो जित
क्रिकेट

सिपिएल क्रिकेटः सन्दीपको किफायती बलिङसँगै टिमको दोस्रो जित

काठमाडौं । नेपालका खेलाडी सन्दीप लामिछाने आबद्ध रहेको जमैका तलावाजले आप्mनो चौथो खेलमा जित हात पारेको छ ।

टस जितेर गुएना अमेजन वारियर्सलाई बलिङ गराएको जमैकाले गुएनालाई २० ओभरमा १ सय ८ रनमा सीमित गरेको थियो । जमैकाका लागि नेपाली स्टार खेलाडी सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चिएर १ विकेट हात पारेका थिए भने १ रनआउट गराएका थिए ।

१ सय ९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सन्दीपको टिमले १७ ओभरको अन्तिम बलमा उक्त लक्ष्य पूरा गर्दै टिमको चौथो खेलमा दोस्रो जित निकालेका थिए । जितका जमैकाका लागि ओपनर ग्लेन फिलिप्सले २६ रन र जर्मिने ब्ल्याकउडले २३ रन बनाउँदै जितको आधारस्तम्भ खडा गरेका थिए ।

विज्ञापन

त्यसपछि केही लर्खराएको सन्दीपको टिमलाई एन्ड्रयु रसेल र एन बोनरले सम्हाल्दै जित दिलाएका थिए । खेलमा बोनरले १७ अाेभरका अन्तिम बलमा छक्का प्रहार गर्दै टिमलाइ जित दिलाएका थिए । खेलमा उनले ३० रन र रसेलले २३ रन बनाए ।

त्यसअघि जमैकाका लागि मुजिब उर रहमानले उत्कृष्ट बलि गर्दै ४ ओभरमा १ मेडल राख्दै ११ रन खर्चिएर ११ रन दिएका थिए ।

गुएनाका लागि सबैभन्दा धेरै रोज टेलरले २३ रन बनाएका थिए भने नविन उल हकले २० रन बनाएका थिए । त्यस्तै निकोलस पुरनले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेका थिएनन् । तर पनि गुएनाले १७ रन अतिरिक्त रन पाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस