आइतवार, अशोज ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • भरतपुर
  • आइसोलेसन बनाउने भरतपुर महानगरको तयारी
भरतपुर

आइसोलेसन बनाउने भरतपुर महानगरको तयारी

भरतपुर । चितवनमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढेपछि आइसोलेसन बेडहरु अभाव हुन थालेको छ । हालसम्म ४३ संक्रमितहरुलाई होम आइसोलेसनमा राखिएको छ । लक्षण नभएका कोरोना संक्रमितहरुलाई राख्न भरतपुर महानगरपालिकाले आइसोलेसन बनाउने तयारी थालेको छ ।

‘आइसोलेसन बनाउने ठाउँको पहिचान गर्दै छौँ’, महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले भने, ‘सल्लाह हुँदै छ । पहिलाको कोरोना अस्पताल र बागेश्वरी हेरेका छौँ । बागेश्वरी उपयुक्त हुन्छ की भन्ने छ ।’ आइसोलेसन बनाएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकामा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल ११२ जना सक्रिय संक्रमित छन् ।

होम आइसोलेसनमा बसेका संक्रमितहरुको अवस्थाबारे सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायतको टिमले नियमित अनुगमन गर्ने गरेको उनको भनाइ छ । ‘स्वास्थ्य अवस्था कस्तो छ, स्थानिय स्तरमा र सामाजिक अफठ्यारो छ की त्यो हेर्न हाम्रो संयन्त्र छ’, उनले भने, ‘वडाभित्र स्वास्थ्यचौकी नभए नजिकको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरु जानुहुन्छ ।’ होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था बारे सबै स्थानिय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलिले नियमित घरदैलो गर्नुपर्ने भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

विज्ञापन

भरतपुर अस्पतालमा ४९ जना संक्रमितहरु अहिले उपचाररत छन् । त्यसमध्ये करिब ३६ जना संक्रमितहरुमा लक्षण नदेखिएको उनले बताए । अस्पतालमा ७५ बेडको आइसोलेसन कक्ष छ । ‘लक्षण नभएका संक्रमितहरुलाई स्थानिय तहहरुले आइसोलेसन बनाएर राख्न सक्छन्’, उनले भने, ‘लक्षण नदेखिएका विरामीलाई अस्पताल राख्न आवश्यक छैन ।

भोलि साँच्चिकै उपचार गर्नुपर्ने विरामीले बेड नपाउने यत्तिकै बस्न सक्नेल बेड ओगटेर बस्ने अवस्था आउने भयो ।’ चितवनमा हालसम्म ३०३ जनामा कोरोना पुष्टि भएको छ भने जिल्लाका तीन संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस