बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधवको प्रस्ताव ओलीबाट ठाडै अस्वीकार
समाचार

माधवको प्रस्ताव ओलीबाट ठाडै अस्वीकार

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्न गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै इन्कार गरेका छन् ।

पार्टीमा सरसल्लाहबिना सरकार सञ्चालन हुँदा समस्या आएकाले त्यसको निराकरणका लागि पार्टी वरिष्ठ नेता नेपालले संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए ।

त्यस्तो संयन्त्रको संयोजक बन्ने चाहना पनि नेपालले राखेको बताइन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै इन्कार गरिदिएको स्रोतले बतायो ।

विज्ञापन

‘नेता माधव नेपालले सरकारको काम–कारबाहीलाई प्रभावकारी बनाउन संयन्त्र गठनको प्रस्ताव गर्नु भए पनि प्रधानमन्त्रीले त्यस्तो संयन्त्रको औचित्यमाथि प्रश्न उज्याउनु भएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार, पार्टी अध्यक्ष आफैं सरकारको नेतृत्वमा रहेको र सरसल्लाहमा मात्रै नियुक्तिलगायतका महत्त्वपूर्ण निर्णय गर्ने सहमति भएपछि थप संयन्त्र किन जरुरी पर्यो भन्ने प्रश्न ओलीले उठाएका छन् ।

‘म नै पार्टी अध्यक्ष भएपछि किन संयन्त्र बनाउनु पर्यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

संयन्त्र बनाउने भए त्यसमा नेपाल मात्र नभएर अध्यक्षद्वयलाई समेट्नु पर्ने मत ओलीको रहेको बताइएको छ ।

नेकपाभित्र त्रिपक्षीय शक्तिकाे भिडन्त रहेकाे अवस्था थियो । अहिले यो त्रिपक्षीय शक्ति दुई पक्षीय बन्ने संकेत देखिँदैछ । प्रचण्ड र ओली नजिकिएपछि नेकपाभित्रको समीकरण बदलिने देखिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस